जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र १ पुण्यलाई दश गुणा दिइन्छ...

Scan the qr code to link to this page

Hadith
Explanation
View Translations
Benefits from the Hadith
Categories
More ...
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र १ पुण्यलाई दश गुणा दिइन्छ । ‘अलिफ- लम-मीम’ एक अक्षर हो भनेर म भन्दिनँ, तर अलिफ एक अक्षर हो, लाम एक अक्षर हो र मीम एक अक्षर हो ।"
सही - तिर्मीजीले वर्णन गरेका छन्

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ, जब कुनै मुस्लिमले अल्लाहको किताबको एक अक्षर पढ्छ, उसले बदलामा एक नेकी (पुण्य) पाउँछ र एक पुण्यलाई दस गुणा बढाइन्छ । त्यसपछि उहाँले प्रष्ट पार्दै भन्नुभयो, “म अलिफ, लाम, मीम एउटै अक्षर हो भन्दिनं, तर अलिफ एक अक्षर हो, लाम एक अक्षर र मीम एक अक्षर हो । यसरी तीन अक्षरलाई पढ्दा तीस पुण्य मिल्छ ।

Benefits from the Hadith

  1. अत्यधिक कुर्आनको तिलावत गर्ने प्रोत्साहन।
  2. कुर्आन पढ्ने व्यक्तिले उसले पढेको प्रत्येक अक्षरप्रति एक नेकी (पुण्य) पाउँछ र एक पुण्यलाई दस गुणा बढाइन्छ ।
  3. अल्लाहको अपार कृपा र दया हो कि उहाँले आफ्ना सेवकहरूको इनाम बढाएर प्रशस्त मात्रामा दिनुहुन्छ ।
  4. अन्य वाणीहरू भन्दा कुर्आनको श्रेष्ठता र यसको तिलावत (पठन) उपासना हो; किनभने यो कुर्आन अल्लाहको वचन हो ।

Categories

Successfully sent!