यो कुर्आनलाई निरन्तर पढिरहनुहोस् । कसम अल्लाहको; जसको हातमा मेरो प्राण छ, त्यो कुरआन डोरीमा बाँधिएको ऊँटले आफ्नो साङ्ला भाँचेर भाग्ने भन्दा छिटो भाग्छ ।...

Scan the qr code to link to this page

Hadith
Explanation
View Translations
Benefits from the Hadith
Categories
More ...
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यो कुर्आनलाई निरन्तर पढिरहनुहोस् । कसम अल्लाहको; जसको हातमा मेरो प्राण छ, त्यो कुरआन डोरीमा बाँधिएको ऊँटले आफ्नो साङ्ला भाँचेर भाग्ने भन्दा छिटो भाग्छ ।"
सही - मुत्तफकुन अलैहि

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कुर्आनको ख्याल राख्न र यसलाई कडाईका साथ पढ्न आदेश दिनुभएको छ, ताकि एक व्यक्तिले यसलाई आफ्नो छातीमा कण्ठ गरेपछि बिर्सनु हुँदैन । यो कुरामा जोड दिन उहाँले कसम खाएर भन्नुभयो, ऊँटले आफ्नो साङ्ला भाँचेर भाग्ने भन्दा छिटो यो कुरआन मानिसको छातीबाट निस्कन्छ । यदि मानिसले ख्याल राख्यो भने त्यो रहन्छ र ध्यान दिएन भने त्यो भाग्छ ।

Benefits from the Hadith

  1. कुर्आनको हाफिजले कडाईका साथ पाठ गरिरह्यो भने त्यो हृदयमा सुरक्षित रहन्छ, अन्यथा स्मृतिबाट बाहिर जान्छ ।
  2. कुरआनलाई नियमित रूपमा पढ्नुको एउटा फाइदा के छ भने यसमा धेरै पुण्य निहित छ र दोस्रो यसले न्यायको दिनमा व्यक्तिको हैसियत बढाउँछ ।

Categories

Successfully sent!