अल्लाहले भन्नुभएको छ: मैले सलाह (नमाज) लाई म र मेरो भक्तको बीचमा आधा-आधा विभाजित गरेको छु र मेरो दासले जे मागेको छ त्यही छ...

Scan the qr code to link to this page

Hadith
Explanation
View Translations
Benefits from the Hadith
Categories
More ...
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "अल्लाहले भन्नुभएको छ: मैले सलाह (नमाज) लाई म र मेरो भक्तको बीचमा आधा-आधा विभाजित गरेको छु र मेरो दासले जे मागेको छ त्यही छ । जब भक्तले {अल्हम्दु लिल्लाहि रब्बिल-आलमीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो दासले मेरो प्रशंसा गरेको छ । जब भक्तले {अर्रहमा निर्रहीम} भन्छ, तब अल्लाह भन्नुहुन्छ: मेरो दासले मेरो कृतज्ञता व्यक्त गरेको छ । जब भक्तले {मालिकि यौमिद्दीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो दासले मेरो महिमा गरेको छ र एक पटक उहाँले भन्नुभयो: मेरो दासले आफ्नो सबै मामिलाहरू मलाई सुम्पेको छ । जब भक्तले {इय्याक नाअ्बुदु व इय्याक नस्तईन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो म र मेरो दासको बीचमा छ र मेरो दासले जे मागेको छ त्यही छ । त्यसैले जब भक्तले {इह्दि नस्सिरातल-मुस्तकीम, सिरातल्लजीन अन्अम्मत अलैहिम गैरुल-मग्जूबि अलैहिम व लज्जाल्लीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो मेरो दासको लागि हो र मेरो दासले जे मागेको छ उसले त्यही पाउनेछ ।"
सही - मुस्लिमले वर्णन गरेका छन्

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले वर्णन गर्नुभएको छ, अल्लाहले हदीस कुदसीमा भन्नुभएको छ: मैले सलाहमा पढिने सूरह फातिहालाई म र मेरो सेवक बीच विभाजित गरेको छु । आधा मेरो लागि र आधा उसको लागि हो । पहिलो आधा भागमा अल्लाहको प्रशंसा र महिमाको वर्णन गरिएको छ, जसको लागि अल्लाहले सेवकलाई उत्तम इनाम दिनुहुन्छ । जबकि यसको दोस्रो भागमा बिन्ती र दुआ (प्रार्थना) समावेश छ, जुन अल्लाहले स्वीकार गर्नुहुन्छ र मानिसलाई उसले मागेको सबै चीजहरू प्रदान गर्नुहुन्छ । जब सलाह पढ्ने व्यक्तिले {अल्हम्दु लिल्लाहि रब्बिल-आलमीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो दासले मेरो प्रशंसा गरेको छ । जब भक्तले {अर्रहमा निर्रहीम} भन्छ, तब अल्लाह भन्नुहुन्छ: मेरो दासले मेरो प्रशंसा र कृतज्ञता व्यक्त गरेको छ र मैले सृष्टिप्रति गरेको उपकारलाई स्वीकार गरेको छ । जब भक्तले {मालिकि यौमिद्दीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो दासले मेरो महिमा गरेको छ, जुन ठूलो सम्मान हो । जब भक्तले {इय्याक नाअ्बुदु व इय्याक नस्तईन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो म र मेरो दासको बीचमा हो । यस श्लोकको पहिलो आधा "इयाक नाअ्बुदु" सम्म अल्लाहको लागि हो । वास्तवमा यसमा अल्लाह नै उपासना योग्य हुनुहुन्छ भन्ने कुराको घोषणा हो र पहिलो आधा यहीं समाप्त हुन्छ । जबकि यस श्लोकको दोस्रो भाग "व इयाक नस्तईन" सम्म हो, जुन दासको लागि हो, जसमा अल्लाहबाट सहायता मागिएको छ र उहाँले मद्दत गर्ने प्रतिज्ञा गर्नुभएको छ । त्यसैले जब भक्तले {इह्दि नस्सिरातल-मुस्तकीम*, सिरातल्लजीन अन्अम्मत अलैहिम, गैरुल-मग्जूबि अलैहिम व लज्जाल्लीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो दासले बिन्ती र दुआ गरेको छ, मेरो दासले जे मागेको छ उसले त्यही पाउनेछ र मैले उसको दुआ स्वीकार गरें ।"

Benefits from the Hadith

  1. सुरा फातिहाको महत्व, किनभने अल्लाहले यसलाई ‘अस्-सलाह’ को संज्ञा दिनुभएको छ ।
  2. आफ्नो दासप्रति अल्लाहको कृपाको वर्णन, दासले उहाँको प्रशंसा गर्छ भनेर दासको प्रशंसा र दासले जे मागेको छ त्यो दिने वाचा गर्नुभएको छ ।
  3. यस पवित्र सूरहमा अल्लाहको प्रशंसा, परलोकको उल्लेख, अल्लाहलाई बिन्ती, उहाँको मात्र उपासना गर्न आह्वान, सही मार्गदर्शन गर्न प्रार्थना र गलत मार्गहरूमा नलगाउन जस्ता विषयहरू समावेश छन् ।
  4. यदि कुनै उपासकले सुरा फातिहा पढ्दा यो हदीस आफ्नो दिमागमा राख्छ भने प्रार्थनामा उसको खुशुअ (नम्रता) बढ्छ ।

Categories

Successfully sent!