जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा श्लोकहरू पढ्छ, त्यो उसको लागि पर्याप्त हुन्छन् ।

Scan the qr code to link to this page

Hadith
Explanation
View Translations
Benefits from the Hadith
Categories
More ...
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा श्लोकहरू पढ्छ, त्यो उसको लागि पर्याप्त हुन्छन् ।"
सही - मुत्तफकुन अलैहि

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, जसले रातमा सूरह बकरहको अन्तिम दुई श्लोकहरू पढ्छ, अल्लाहले उसलाई दुष्ट र अप्रिय चीजहरूबाट बचाउन पर्याप्त हुनुहुन्छ । कतिपय विद्वानहरूले भनेका छन्, यो उनको लागि तहज्जुद नमाजको सट्टामा पर्याप्त छन् । जबकि कतिपय विद्वानहरूले अन्य अज्कारको स्थानमा यी दुई श्लोक पर्याप्त रहेको बताएका छन् । जबकि कोही मानिसहरू भन्छन् रातको नमाजमा कम्तिमा दुई पदहरू पढ्दा पर्याप्त छ, आदि इत्यादि । माथि उल्लेख गरिएका सबै कुराहरू सही छन् र यसमा समावेश छन् ।

Benefits from the Hadith

  1. सूरह बकरहको अन्तिम दुई श्लोकहरूको सद्गुण र यो अल्लाहको भनाइ 'आम नर्रसूलु' देखि सूरहको अन्त्यसम्म हो ।
  2. राती सूरह बकरहको अन्तिम दुई श्लोकहरू पढ्दा मानिस दुष्ट र शैतानबाट सुरक्षित रहन्छ ।
  3. रात सूर्यास्त पछि सुरु हुन्छ र बिहान सम्म रहन्छ ।

Categories

Successfully sent!