आफ्ना घरहरूलाई चिहानमा परिणत नगर, किनकि शैतान त्यो घरबाट भाग्छ जहाँ सुरा बकरह पढिन्छ ।

Scan the qr code to link to this page

Hadith
Explanation
View Translations
Benefits from the Hadith
Categories
More ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "आफ्ना घरहरूलाई चिहानमा परिणत नगर, किनकि शैतान त्यो घरबाट भाग्छ जहाँ सुरा बकरह पढिन्छ ।"
सही - मुस्लिमले वर्णन गरेका छन्

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरूमा नमाज पढ्न प्रेरित गर्नुभयो, नत्र ती घरहरू चिहानहरू जस्तै बन्नेछन्, जसमा कसैले प्रार्थना गर्दैन । "त्यसपछि उहाँले भन्नुभयो, वास्तवमा शैतान त्यो घरबाट भाग्छ जहाँ सुरा बकरह पढिन्छ ।"

Benefits from the Hadith

  1. घरमा अत्यधिक उपासना गर्न र नफल (अतिरिक्त) नमाज पढ्नु मुस्तहब हो ।
  2. कब्रिस्तान (चिहान) मा नमाज पढ्न पाइँदैन । किनभने यो शिर्क, पाखण्ड र चिहानमा गाडिएका मानिसहरूको बारेमा गुलु (बढाइचढाइ) को माध्यम हो । तर जनाजा (अन्त्येष्टि) को सलाह एक अपवाद हो ।
  3. कब्रिस्तान (चिहान) नजिक नमाज पढ्न निषेध गरिएको तथ्य साहाबहरू बीच स्थापित भएको हुनाले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरूलाई चिहान जस्तो नबनाउन आदेश दिनु भयो जहाँ नमाज पढिदैन ।

Categories

Successfully sent!