सूर्य आफ्नो अस्ताउने स्थानबाट उदय नभएसम्म महाप्रलय स्थापित हुने छैन । जब मानिसहरूले सूर्य आफ्नो अस्ताउने ठाउँबाट उदाइरहेको देख्नेछन्, तब सबैले ईमान लाउने छन्...

Scan the qr code to link to this page

Hadith
Explanation
View Translations
Benefits from the Hadith
Categories
More ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "सूर्य आफ्नो अस्ताउने स्थानबाट उदय नभएसम्म महाप्रलय स्थापित हुने छैन । जब मानिसहरूले सूर्य आफ्नो अस्ताउने ठाउँबाट उदाइरहेको देख्नेछन्, तब सबैले ईमान लाउने छन् । तर यसको बारेमा अल्लाहले भन्नुभएको छ: "यो ईमानले कुनै प्राणीलाई फाइदा गर्ने छैन जसले पहिले ईमान ल्याएको छैन वा आफ्नो ईमानको अवस्थामा कुनै राम्रो कर्म गरेको छैन ।" [कुरआनः अल-अन्आम - ६ : १५८] कयामत (महाप्रलय) को दिन यति छिट्टै आउनेछ, कि दुई व्यक्तिको बीचमा कपडा फिजाइनेछ, तर न त उनीहरूले किन्न सक्नेछन् न बेच्न सक्नेछन् । महाप्रलयको दिन यति चाँडो आउनेछ, कि एक व्यक्तिले आफ्नो ऊँटनीको दूध बोकेर आउनेछ तर दूध पिउन सक्ने छैन । महाप्रलयको दिन यसरी आउनेछ, कि मानिसले आफ्नो कुण्ड मर्मत गर्नेछ, तर पानी पिउन सक्ने छैन । प्रलयको दिन यसरी आउनेछ, कि मानिसले खाना आफ्नो मुखतिर उठाउनेछ तर त्यो गास खान सक्नेछैन ।
सही - मुत्तफकुन अलैहि

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, प्रलयको दिनको ठूलो निशानीहरू मध्ये सूर्य पूर्वको सट्टा पश्चिमबाट उदाउने हो र यो निशानी देखेपछि सबै मुसलमान हुनेछन् । तर त्यसबेला, काफिर (अविश्वासी) लाई न त ईमानले कुनै फाइदा हुनेछ न त पुण्यले न त पश्चात्तापले । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : मानिसहरू आफ्नो दिनचर्यामा व्यस्त हुनेछन् र कयामत अचानक आई पर्नेछ । प्रलयको दिन यस्तो अकस्मात् आउनेछ, कि बिक्रेताले क्रेताको अगाडि कपडा फैलाउने छ, तर न किन्न वा बेच्न सक्नेछन् न उठाउन सक्नेछन् । प्रलयको दिन यस्तो अचानक आउनेछ, कि एक व्यक्तिले आफ्नो हातमा ऊँटको दूध ल्याएको हुनेछ, तर पिउन सक्नेछैन। प्रलयको दिन यस्तो अकस्मात् आउनेछ, कि मानिसले आफ्नो पानीको कुण्ड मर्मत गर्ला तर त्यसको पानी पिउने मौका पाउनेछैन । न्यायको दिन यसरी स्थापित हुनेछ, कि एक व्यक्तिले गाँस मुखमा उठाउनेछ, तर त्यो खान सक्नेछैन ।

Benefits from the Hadith

  1. इस्लाम र तौबा (पश्चात्ताप) त्यसबेलासम्म मात्र स्वीकार्य छन् जब सम्म सूर्य पश्चिमबाट उदाउदैन ।
  2. यसमा ईमान र अमल सालेह (सत्कर्म) हरूद्वारा प्रलयको लागि तयारी गर्न प्रेरणा छ, किनकि प्रलय अचानक आउनेछ ।

Categories

Successfully sent!