हे मानिसहरू! अल्लाहले तिमीहरूबाट अज्ञानता कालको घमण्ड र पुर्खाहरूको अहंकार गर्ने प्रवृत्तिलाई हटाउनुभएको छ...

Scan the qr code to link to this page

Hadith
Explanation
View Translations
Benefits from the Hadith
Categories
More ...
इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्काको विजयको दिन मानिसहरूलाई सम्बोधन गर्नुभयो: " हे मानिसहरू! अल्लाहले तिमीहरूबाट अज्ञानता कालको घमण्ड र पुर्खाहरूको अहंकार गर्ने प्रवृत्तिलाई हटाउनुभएको छ । दुई प्रकारका मानिसहरू मात्र छन्: एक धर्मी, जुन अल्लाहको नजरमा एकदमै प्रिय छ र अर्को दुष्ट, जुन अल्लाहको नजरमा अभागी र नीच छ । सबै मानिसहरू आदमका सन्तान हुन् र आदमलाई अल्लाहले माटोबाट सृष्टि गर्नुभएको हो । अल्लाहले भन्नुभएको छ: "हे मानव! हामीले तिमीहरूलाई एक पुरुष र एक नारीबाट सृष्टि गर्यौ र विभिन्न जाति र वंशहरूमा विभाजन गर्यौं, ताकि तिमीहरूले एकअर्कालाई जान्न सक । अल्लाहको दृष्‍टिमा सबैभन्दा उत्कृष्ट व्‍यक्‍ति त्यो हो, जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईशभय राख्छ । निस्सन्देह अल्लाह सर्वज्ञ हुनुहुन्छ ।" [अल् हुजुरातः १३]
सही - तिर्मीजीले वर्णन गरेका छन्

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्काको विजयको दिन मानिसहरूलाई सम्बोधन गर्नुभयो र भन्नुभयो: हे मानिसहरू! अल्लाहले तिमीहरूबाट अज्ञानताको समयको अहंकार, घमण्ड र तिमीहरूका पुर्खाहरूमाथि घमण्ड गर्ने चलनलाई हटाइदिनुएको छ । अब त्यहाँ दुई प्रकारका मानिसहरू मात्र छन्: धर्मी, पवित्र, आज्ञाकारी र अल्लाहको उपासना गर्ने मुमिन भक्त । यद्यपि ऊ मानिसहरूको नजरमा सम्मानित वा उच्च वंशको नहोला तर अल्लाहको नजरमा उत्कृष्ट उही हो । अर्को दुष्ट र पापी काफिर (अविश्वासी) । मानिसहरूको नजरमा जतिसुकै प्रतिष्ठित र उच्च वंशको भएपनि अल्लाहको नजरमा तुच्छ र अपमानित हो । सम्पूर्ण मानिसहरू आदमका सन्तान हुन् र अल्लाहले आदमलाई माटोबाट सृष्टि गर्नुभएको हो, त्यसैले माटोबाट जन्मेको व्यक्तिले घमण्ड र अहंकार गर्नु हुँदैन । अल्लाहको कथनले यसलाई पुष्टि गर्दछ : "हे मानव! हामीले तिमीहरूलाई एक पुरुष र एक नारीबाट सृष्टि गर्यौ र विभिन्न जाति र वंशहरूमा विभाजन गर्यौं, ताकि तिमीहरूले एकअर्कालाई जान्न सक । अल्लाहको दृष्‍टिमा सबैभन्दा उत्कृष्ट व्‍यक्‍ति त्यो हो, जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईशभय राख्छ । निस्सन्देह अल्लाह सर्वज्ञ हुनुहुन्छ ।" [अल् हुजुरातः १३]

Benefits from the Hadith

  1. हसब-नसब (वंश र गोत्र) मा गर्व गर्न निषेध ।

Categories

Successfully sent!