{ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ}

Scan the qr code to link to this page

Hadith
Explanation
View Translations
Benefits from the Hadith
Categories
More ...
जुबैर बिन अव्वाम (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उनी भन्छन्: जब यो श्लोक: {ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ} (त्यस दिन तिमीहरूलाई वरदानको बारेमा सोधिनेछ ।) [सूरह अल-तकासुर: ८] अवतरण भयो, तब जुबैर (रजियल्लाहु अन्हु) ले सोधे: हे अल्लाहको रसूल! हामीलाई कुन आशीर्वादको बारेमा सोधिनेछ? वास्तवमा, हामीसँग केवल दुईवटा कालो चीजहरू छन्: खजूर र पानी । उहाँले भन्नुभयो: "यो हुनेछ ।"
हसन - तिर्मीजीले वर्णन गरेका छन्

Explanation

जब यो श्लोक अवतरित भयो: {ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ} अर्थात्, अल्लाहले दिनुभएको आशीर्वादप्रति तिमी आभारी छौ कि छैनौ भनेर तिमीलाई सोधिनेछ, तब जुबैर बिन अव्वाम (रजियल्लाहु अन्हु) ले सोधे : हे अल्लाहका रसूल! हामीलाई कुन आशिष्को बारेमा सोधिनेछ? हामीसँग दुईवटा मात्र आशीर्वाद छन्; खजूर र पानी जुन सोध्न लायक छैन ! यो सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: तिमी जुन अवस्थामा छौं, त्यो आफ्नो ठाउँमा छ, तैपनि आशीर्वादको बारेमा सोधिनेछ । किनकि दुबै आशीर्वाद पनि अल्लाहका दुई ठूला वरदान हुन् ।

Benefits from the Hadith

  1. अल्लाहको आशीर्वादप्रति कृतज्ञता व्यक्त गर्ने जोड ।
  2. आशीर्वाद सानो होस् वा ठूलो कयामतको दिन त्यसबारे सोधिनेछ ।

Categories

Successfully sent!