मृत्युलाई सेतो र कालो भेडा

Scan the qr code to link to this page

Hadith
Explanation
View Translations
Benefits from the Hadith
Categories
More ...
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "मृत्युलाई सेतो र कालो भेडा को रूपमा ल्याइनेछ ।" तब एक पुकार्नेले पुकार्नेछ: हे स्वर्गवासीहरू हो! तिनीहरूले आफ्नो गर्दन उठाएर हेर्नेछन् । उसले भन्नेछ: के तिमीहरूले यसलाई चिन्यौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छ । तब उपदेशकले पुकार्नेछ: हे नरकवासीहरू! तिनीहरूले आफ्नो गर्दन उठाएर हेर्नेछन् । उसले भन्नेछ: के तिमीले उसलाई चिन्यौ? तिनीहरूले यसलाई चिन्नेछन् र जवाफ दिनेछन्: हो, यो मृत्यु हो । त्यसपछि यो भेडा (मृत्यु) लाई वध गरिनेछ र उद्घोषकले पुकार्नेछ: हे स्वर्गवासीहरू! तिमीहरु सधैं स्वर्गमा बस, अब मृत्यु आउदैन र हे नरकवासीहरू! तिमीहरू सधैं नरकमै बस, अब मर्नु पर्दैन । त्यसपछि उहाँले यो (कुरआनको) आयत पढ्नुभयो : {तिनीहरूलाई पश्चातापको दिनको चेतावनी दिनुहोस्, जब फैसला भइसकेको हुनेछ र तिनीहरू अचेत अवस्थामा हुनेछन् ।} [सूरह मर्यम : ३९] अर्थात् यिनीहरु लापरवाहीमा छन् र ईमान ल्याउँदैनन् । [सूरह मर्यम : ३९]
सही - मुत्तफकुन अलैहि

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई भन्नुभयो : मृत्युलाई न्यायको दिन भाले भेडाको रूपमा ल्याइनेछ, जसको रंग सेतो र कालो हुनेछ । त्यसपछि पुकारिनेछ: हे स्वर्गवासीहरू! तः तिनीहरू आफ्नो घाँटी र टाउको उठाउँनेछन् र आवाज सुनेपछि हेर्न थाल्नेछन् । उपदेशकले तिनीहरूलाई सोध्नेछ: के तिमीहरू यसलाई चिन्छौ ? तिनीहरूले भन्नेछन्: हो, यो मृत्यु हो । सबैले त्यसलाई हेरिरहेका थिए । त्यसकारण चिन्ने छन् । त्यसपछि पुकार्नेले पुकार्नेछ : हे नरकवासीहरू हो ! तः तिनीहरू आफ्नो घाँटी र टाउको उठाउँनेछन् र आवाज सुनेपछि हेर्न थाल्नेछन् । उसले सोध्नेछ: के तिमीहरू यसलाई चिन्छौ ? तिनीहरूले भन्नेछन्: हो, यो मृत्यु हो । तिनीहरू सबैले यसलाई देखेका थिए र चिन्ने छन् । त्यसपछि यो भेडालाई मारिनेछ र आवाज दिनेले भन्नेछन्– हे स्वर्गवासीहरू हो! अब तिमीहरू सधैंभरि बाँच्नेछौ, मृत्यु आउने छैन । हे नरकवासीहरु हो! अब तिमी सधैंभरि जीवित रहनेछौ र अब मर्ने छैनौ । मुमिन (विश्वासी) हरूले बढी आनन्द लिन सकुन र काफिर (अविश्वासी) हरूले थप पीडा महसुस गर्न सकुन भनेर यो घोषणा गरिएको हो । तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो आयत (पद) पढ्नुभयो: {तिनीहरूलाई पश्चातापको दिनको चेतावनी दिनुहोस्, जब फैसला भइसकेको हुनेछ र तिनीहरूअचेत अवस्थामा हुनेछन् र ईमान ल्याउँदैनन् । [सूरह मर्यम : ३९] न्यायको दिन, स्वर्गवासी र नर्कवासीहरूको बीचमा निर्णय हुनेछ र प्रत्येक व्यक्ति आ-आफ्नो निवासमा जानेछ, जहाँ उनीहरू सधैं रहनेछन् । त्यस दिन, दुष्ट व्यक्तिले राम्रो काम नगरेकोमा र लापरवाह व्यक्तिले राम्रो काममा सक्रिय रूपमा सहभागी हुन नसकेकोमा सन्ताप एवं पश्चाताप गर्नेछ ।

Benefits from the Hadith

  1. परलोकमा मानिसको गन्तव्य अनन्तकालको लागि स्वर्ग वा नर्क हुनेछ ।
  2. यसमा न्यायको दिनको त्रासबारे चेतावनी छ, किनकि यो उदासी र पश्चात्तापको दिन हुनेछ ।
  3. स्वर्गवासीहरू सधैं खुसी हुनेछन् र नर्कवासीहरू सधैं दुःखी हुनेछन् भन्ने कुराको वर्णन छ ।

Categories

Successfully sent!