”हे काका, तपाईं 'ला इलाहा इल्लाल्लाह' भन्नुहोस्, म अल्लाहको दरबारमा यसलाई तपाईको लागि प्रमाणको रूपमा पेश गर्नेछु ।...

Scan the qr code to link to this page

Hadith
Explanation
View Translations
Benefits from the Hadith
Categories
More ...
सईद बिन मुसैयबले आफ्नो बुबाबाट वर्णन गरेका छन्, उनले भने : जब अबु तालिबको मृत्युको समय नजिक आयो, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) उनीकहाँ जानुभयो । त्यहाँ अबु जहल र अब्दुल्लाह बिन अबु उमैया बिन मुगिरा पहिलादेखि उपस्थित थिए । उहाँले भन्नुभयो: ”हे काका, तपाईं 'ला इलाहा इल्लाल्लाह' भन्नुहोस्, म अल्लाहको दरबारमा यसलाई तपाईको लागि प्रमाणको रूपमा पेश गर्नेछु ।" यो सुनेर अबु जहल र अब्दुल्लाह बिन अबु उमैयाले भने: के तपाईं अब्दुल मुत्तलिबको धर्मलाई छोड्नु हुन्छ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बारम्बार कलमा पढ्न अनुरोध गरिरहनु भयो र यी दुवैले उनलाई रोक्न खोजिरहे । अन्ततः अबु तालिबले म अब्दुल मुतालिबको धर्ममा अडिग छु भनेर घोषणा गरे र ‘ला इलाह इल्लल्लाह’ लाई भन्न इन्कार गरे । कथनकर्ता भन्छन्: तर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मलाई मनाही नगरेसम्म म तपाईंको लागि क्षमा माग्नेछु ।" तब अल्लाहले यो पद अवतरण गर्नुभयो: “नबी र आस्थावानहरूले बहुदेववादीहरूका लागि माफी माग्नु उपयुक्त छैन, चाहे तिनीहरू आफन्तहरू नै भए पनि ।” [अत-तौबा: ११३] र अल्लाहले अबु तालिबको बारेमा यो पद अवतरण गर्नुभयो: “तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ, तर अल्लाह जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ ।” [अल कसस: ५६]
सही - मुत्तफकुन अलैहि

Explanation

जब अबु तालिबको मृत्युको समय नजिक आयो, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) उनीकहाँ जानुभयो र उनलाई भन्नुभयो: हे काका, तपाईं 'ला इलाहा इल्लाल्लाह' भन्नुहोस्, म यही एउटा वाक्यको आधारमा अल्लाहको सामु तपाईंको लागि गवाही दिनेछु । यो सुनेर अबु जहल र अब्दुल्लाह बिन अबु उमैयाले भने: अबु तालिब ! के तपाईं आफ्नो बुबा अब्दुल मुत्तलिबको धर्म छोड्नुहुन्छ? त्यो धर्म वास्तवमा मूर्तिपूजाको धर्म थियो । ती दुवैले उनलाई भनिरहे, यहाँसम्म उनले भनेको अन्तिम कुरा यस प्रकार थियो: म अब्दुल मुत्तलिबको धर्मको अनुसरण गर्दै यो संसार छोड्दैछु । अर्थात्, शिर्क र मूर्तिपूजक धर्ममा । यो सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: मेरो प्रभुले मलाई मनाही नगरेसम्म म तपाईंको लागि माफी मागिरहनेछु । तसर्थ, यो यो श्लोक अवतरित भएको थियो: “नबी र आस्थावानहरूले मुश्रिकहरूका लागि माफी माग्नु उपयुक्त छैन, चाहे तिनीहरू आफन्त नै भए पनि र तिनीहरू वास्तवमा नरकका कैदीहरू हुन् स्पष्ट भईसके पछि ।" [अत-तौबा: ११३] अबु तालिबको बारेमा अवतरित श्लोक : “तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ, तर अल्लाह जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ र उहाँ निर्देशित हुनेहरूलाई राम्रोसँग जान्नुहुन्छ ।” [अल कसस: ५६] तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ । तपाईंको काम केवल सन्देश पुर्‍याउनु हो। अल्लाह जसलाई चाहनुहुन्छ सत्यको मार्गमा डोऱ्याउनुहुन्छ ।

Benefits from the Hadith

  1. मुश्रिक (बहुदेववादी) हरूका लागि क्षमा माग्न निषेध गरिएको छ, चाहे तिनीहरूको नाता, काम वा परोपकार जति ठूलो भए पनि ।
  2. बाजे र पुर्खाको झूटो अनुकरण गर्नु इस्लाम पूर्वका मानिसहरूको काम हो ।
  3. नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अपार दया र मानिसहरूलाई आमन्त्रित गर्न र तिनीहरूलाई मार्गदर्शन गर्न उहाँको उत्सुकता ।
  4. अबु तालिबले इस्लाम ग्रहण गरेको दाबी गर्नेहरूको खण्डन ।
  5. कर्म भनेको अन्तिम कुरामा भरपर्दो रहेछ ।
  6. लाभ पुर्याउन वा हानिबाट बचाउनको लागि नबी र अरूसित संलग्नताको अमान्यता ।
  7. जसले ज्ञान, विश्वास र आस्थाका साथ "ला इलाह इल्लल्लाह" अर्थात अल्लाह बाहेक कोही पूज्य छैन" गवाही दियो भने ऊ इस्लाममा प्रवेश गर्यो ।
  8. दुष्ट र खराब साथीहरू मानिसको लागि हानिकारक छ ।
  9. "ला इलाह इल्लल्लाह" को अर्थ: मूर्ति, औलिया र धर्मी मानिसहरूको पूजा त्याग्नु र केवल अल्लाहको उपासना गर्नु हो । बहुदेववादीहरूलाई यसको अर्थ थाहा थियो ।
  10. मुश्रिक (बहुदेववादी) रोगीलाई इस्लामको निमन्त्रणा दिने उद्देश्यले भेट्न अनुमति छ ।
  11. हिदायात (मार्गदर्शन) केवल अल्लाहको हातमा छ, उहाँको कोही साझेदार छैन । नबीको काम भनेको इस्लामतर्फ आह्वान गर्नु र मार्ग देखाउनु हो ।

Categories

Successfully sent!